आधिकारिकताकाे लागि प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयाेगमा

डिसी नेपाल
८ पुष २०७७ १३:४०
544
Shares

काठमाडौं । विवादपश्चात अलग-अलग केन्द्रीय कमिटी भनेर भेला बाेलाइएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल
पक्षा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेको छ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीकाे र कार्की पार्टी प्यालेस बबरमहलमा कार्यकारी अध्यक्ष प्रचण्ड-नेपाल पक्षकाे छुट्टाछुट्टै केन्द्रीय कमिटीकाे बैठक भनेर भेला गराइएकाे थियाे। दुबै पक्षले आफूलाइ नै आधिकारिक हाैं भन्दै आएकाछन्।

प्रचण्ड-नेपाल पक्षले मंगलबार बाेलाएकाे केन्द्रीय कमिटी बैठकको निर्णय लिएर उक्त पक्ष निर्वाचन आयोगमा दलको आधिकारिताका लागि पुगेकाे स्राेतले जनाएकाे छ। यसअघि नै अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय भएको पत्र प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयाेगमा बुझाएका थिए।

ओली पक्षले पनि निर्वाचन आयाेगमा आधिकारिकताकाे लागि पत्र पठाइसकेकाे जनाएकाे छ। निर्वाचन आयाेजले आधिकारिकताकाे छिनाेफानाे गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *