प्रचण्ड संसदीय दलको नेता चयन

डिसी नेपाल
८ पुष २०७७ १५:००
180
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संसदीय दलको नेतामा चयन भएका छन्। सिंहदरवार स्थित संसदभवनको ल्होसे हलमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलमा चयन गरेको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीलाई उक्त समूहले कारवाही गर्ने निणर्य गरेको थियो। उक्त निर्णय गरेपश्चात बसेको पहिलो संसदीय दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार गर्न संसदीय दलको नेतामा चयन गरेको हो।

प्रचण्ड नेपाल समूहले ओलीको स्थानमा अध्यक्ष माधवकुमार नेपाललाई यस अघि नै चयन गरिसकेको छ। नेकपाको विवादका कारण अनौपचारिक रुपमा पार्टी फुटेपछि आधिकारिकताका लागि दुबै पक्षले आ–आफ्नो तर्फबाट कसरत गरिरहेका छन्।

पार्टीमा शक्ति समिकरणका कारण भएको शिर्ष नेताहरुको विवादका कारण नेकपामा तल्लो तहसम्म वैमनश्यता बढ्दै गएको थियो। यहि बेला ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै भेला गरी आ–आफ्नो भेलालाई आधिकारिकताको दाबी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.