मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी माघ ११ गते

डिसी नेपाल
२८ पुष २०७७ १६:४१
108
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्बोच्च अदालतमा परेको मुद्दाको मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ, सुष्मालता माथेमाको संयुक्त इजलासले बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर माघ ११ गतेका लागि पेशी तोकिएको सर्बोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

प्रतिनिधिसभा विघटन भएपछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तै, सरकारले संसद् विघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा परेका १२ वटा रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा निरन्तर हुने भनिए पनि बुधबार भएको सुनुवाइपछि एक हप्ताका लागि स्थगित गरिएको थियो।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो भूमिकामाथि प्रश्न उठेको भन्दै इजलासमा नबस्ने स्वआदेश गरेपछि बुधबारको सुनुवाई स्थगित भएर पुस २९ का लागि अर्को पेशी तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *