अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
काबुल (एजेन्सी)। अफगानिस्तानमा सर्वोच्च अदालतका दुईजना न्यायाधीशरुको गोली हानी हत्या गरिएको छ। अफगान सर्वोच्च अदालतकी दुई महिला न्यायाधीशमाथि गोली प्रहार भएको अफगान अधिकारीहरुले जनाएका छन्।
समाचार एजेन्सी एफएपीका अनुसार अफगान अधिकारीहरुले दुई महिला न्यायाधीशहरु गाडीमा सवार भएर कार्यालय जाँदै गर्दा बन्दुकधारीले गोली प्रहार गरेको जानकारी दिएका छन्।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र शान्ति वार्ता भइरहेका बेला अफगानिस्तानमा यस प्रकारको घटनाहरु बढेका छन्। अफगानिस्तानमा हालका महिनाहरुमा पत्रकारहरु, सामाजिक अभियन्ता र राजनीतिक नेताहरुमाथि यसप्रकारको आक्रमण हुने गरेको छ।
समाचार अनुसार न्यायाधीहरुमाथि कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका थिए। आक्रमणमा गाडीका ड्राइभर घाइते भएका छन्। हालसम्म यो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment