चर्चित पत्रकार ल्यारी किंगको निधन

डिसी नेपाल
१० माघ २०७७ १९:२४
60
Shares

वाशिङ्टन् (एजेन्सी)। चर्चित पत्रकार ल्यारी किंगको निधन भएको छ। अमेरिकी टेलिभिजन सीएनएनमा लामो समय प्रस्तोताका रुपमा रहेका किंगको ८७ वर्षको उमेरमा निधन भएको उनका छोराले पुष्टि गरेको सीएनएनले जनाएको छ।

किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे। उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो। उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ।

उनले सीएनएनमा मात्र २५ वर्ष काम गरेका थिए। उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए। कार्डर्स सेनाई मेडिकल सेन्टर लसएन्जल्समा उनको निधन भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *