तोलामा ५०० ले बढ्यो सुनको मूल्य

डिसी नेपाल
१९ फागुन २०७७ १२:००

काठमाडाैं। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ। तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ। चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *