सुन किन्न खोज्दै हुनुहुन्छ? आज ३०० रुपैयाँले बढ्यो प्रतितोला सुनको मूल्य

डिसी नेपाल
२१ वैशाख २०८३ ११:०७

काठमाडाैं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि भएको छ।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी भएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *