टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु

डिसी नेपाल
२ भदौ २०८३ २१:५८

पोखरा। मुस्ताङको घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा रोल्पाको लुङ्ग्री गाउँपालिका-३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए।

घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा दिउँसो करिब साढे १२ बजे उनको मृत्यु भएको हो।

दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *