लागुऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
२ भदौ २०८३ २१:४७

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्रामसहित रोल्पा गङ्गादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई प्रहरीले आज पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई प्रहरीले आज पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *