प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक जारी
काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। दिउँसो एक बजेपछि शुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
बैठक तत्कालिन माओवादीको संसदीय दलको कार्यालय रहेको स्थानमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रचण्ड–माधव समूहले ओलीमाथि कारबाही गरेको थियो। तर, सो कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएको छैन भने सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ।
आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ। सो बैठकमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा निर्णय गर्न संसदीय दलको बैठक बसेको एक सांसदले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment