बालुवाटार पुगे विप्लव

डिसी नेपाल
२१ फागुन २०७७ १४:३५
640
Shares

काठमाडौं। नेकपा भूमिगत महासचिब नेत्रविक्रम चन्द विप्लव शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सरकारसँगको वार्ता सफल भएपछि भूमिगत रहेका विप्लव शुक्रबार बिहानै सार्वजनिक भएका थिए।

पूर्वी नवलपरासीमा शुक्रबार बिहान सार्वजनिक भएका उनी काठमाडौं पुगेपछि प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र महासचिब विप्लवले अहिले केही समयपछि राष्ट्रिय सभा गृहमा शान्ति सम्झौतामा हस्ताक्षर गर्नेछन्।

नौलो जनवादी क्रान्ति गर्ने भन्दै विप्लव नेतृत्वको नेकपाले भूमिगत गतिविधि गरिरहेको थियो। यहीबीचमा सरकारले सो पार्टीमाथि प्रतिबन्धसमेत लगाएको थियो।

तर, बिहीबार वार्तामा सहमति जुटेसँगै सरकारले प्रतिबन्ध फुकुवा गर्दै हिरासतमा रहेका सो पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई सरकारले रिहा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *