प्रतिनिधिसा बैठकको कार्यसूची सार्वजनिक, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले पेश गर्ने

डिसी नेपाल
२२ फागुन २०७७ १९:५२
1.2k
Shares

काठमाडौं। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची संसद सचिवलायका महासचिब भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेका छन्। कार्यसूची अनुसार आइतबार बैठकको शुरुमा संसद अधिवेशनबारे राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाइने छ। त्यसपछि सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन गर्नेछन्।

यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ। यस्तै गृहमन्त्री रामबहादुर थापाले विभिन्न ४ वटा अध्यादेश, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले १ अध्यादेश र कानुनमन्त्री लिलानाथ श्रेष्ठले ३ वटा अध्यादेश पेश गर्नेछन्।

यसपछि संसद अधिवेशन अन्त्य भएको पछिल्लो समययता निधन भएका पूर्व सांसदहरुको शोकमा शोक प्रस्ताव पारित गरेर आइतबारको बैठक सकिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *