वीरगञ्जमा निषेधाज्ञा जारी: कहाँ-कहाँ लागू भयो प्रतिबन्ध?
काठमाडौं । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटभित्रको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। तोकिएको अवधिमा यी क्षेत्रहरूमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी रोक लगाइएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment