आफ्नो समूहलाई दलको मान्यता दिन संसद सचिवालयलाई प्रचण्ड–नेपाल समूहको आग्रह
काठमाडौं। दुई समूहका विभाजित नेकपाका दुवै समूहलाई सत्तापक्षकै मान्यता दिएको संघीय संसद सचिवालयलाई नेकपा प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको जानकारी गराएको छ।
नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ लगाएतका नेताले संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट गर्न सिंहदबार पुगेका थिए।
उनीहरूले आफ्नो समूहको संसदीय दलको बैठकका निर्णयको जानकारी महासचिव गौतमलाई गराएका थिए। आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment