काठमाडौं उपत्यकामा असिना पर्‍यो (फोटो फिचर)

फुर्पा शेर्पा
३ वैशाख २०७८ १६:२९

काठमाडौं। राजधानी काठमाडमौंमा असिना परेको छ। उपत्यकाका विभिन्न स्थानमा असिना परेको हो। असिनाले पुर्याएको क्षतिबारे भने विवरणहरु आइसकेका छैनन्। ललितपुरमा व्यापक असिना परेको छ। काठमाडौंका केही भाग र देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षासमेत भएको छ।

यो समाचार तयार पार्दा शुक्रबार अपरान्ह ४ बजे काठमाडौंमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशमा हावाहुरी, चट्यांग, असिना वर्षा गराउने बादल सक्रिय भएको छ।

महाशाखाले यी प्रदेशहरुमा सचेत रहनसमेत अपील गरेको छ। प्रि मनसुन सक्रिय भएपछि देशमा वर्षा भएको हो। यसअघि बिहीबार राति देशका अधिकांश भागमा शक्तिशाली हवाहुरी चलेको थियो भने चट्यांगले केही जनधनको क्षतिसमेत भएको थियो। नेपालमा सामान्यतया जेठमा मनसुन सक्रिय हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *