ओली–नेपाल वार्ता: दुबै नेताले प्रतिक्रिया दिएनन्, दुबै प्रफुल्ल

डिसी नेपाल
८ वैशाख २०७८ १९:५९
688
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको छ। करिब साढे दुई घण्टा ओली र नेपालबीच वन टू वन वार्ता भएको हो।

वार्तापछि दुबै नेताहरुले प्रतिक्रिया भने दिएनन्। माधवकुमार नेपालले साथीहरुसँग सल्लाहापछिमात्र वार्ताबारे केही बताउने जनाए। तर वार्ताको वातारण बनाउन पहल गरेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतीलाल दुगडले वार्तापछि दुबै नेताहरु प्रफुल्ल मुद्रामा रहेको बताए।

अध्यक्ष तथा ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट बुधबार दुई नेताबीच वार्ता भएको हो। चैत ३ गते एमाले कार्यालय धुम्बाराहीमा भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो। तर, यो वार्तामा के कुरा भयो भन्ने विषय भने खुल्न सकेन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *