इन्टरपोलबाट रेड नोटिस जारी भएका आरोपी कतारबाट पक्राउ

डिसी नेपाल
१३ साउन २०८३ २१:१०

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन्। भोजपुर घर भएका ३२ वर्षीय जनक राईलाई कतारमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो।

एनसीबी कतार दोहाको समन्वयमा उनी कतारमा पक्राउ परेका थिए। सम्बन्धित मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने प्रयोजनार्थ राईलाई बुधबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका राईलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। नेपाल फर्काइएका उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर बुझाइने प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *