माधव नेपालसहित १५ नेताकाे अपील : ओलीका कारण पार्टी विभाजनको डिलमा पुगेको आरोप
काठमाडाैं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित १५ जना नेताले पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने जनाएका छन्। नेपाल समूहले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जारी गरेको अपीलमा पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ।
‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिष्ट आन्दोलनकै सिर्जनको दिशा हो’, अपीलमा उल्लेख छ।
अपिलमा माधव नेपाल पक्षका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको आरोप लगाएका छन्।
अपिलमा भनिएको छ, ‘२०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । यदि त्यसो भयो भने नेकपा एमालेको एकता जोगिन्छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment