देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन्। न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।
न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ। न्यौपानेका श्रीमती, दुई छोरा र पाँच छोरी छन।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment