धरहराकाे २०औँ तलाबाट काठमाडाैं निहाल्दा (फाेटाेफिचर)

फुर्पा शेर्पा
११ वैशाख २०७८ १५:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण गरिएको धरहराको उद्घाटन गरेका छन्। २०७२ सालमा आएको महाविनासकारी भूकम्पबाट ध्वस्त भएको धरहरा पुनःनिर्माण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। लोकतन्त्र दिवस र भूकम्प दिवसको अवसर पारेर धरहराको उद्घाटन गरिएको हो।

 

भूकम्पपछि निर्माण गरिएको धरहरा २२ तलाको रहेको छ। पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशिल ज्ञवालीले जमीनमुनि २ तला र एक तला बराबरको सिँडीभएकाले धरहरालाई २५ तलाको भन्न मिल्ने बताउछन्।

धरहरा पुननिर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको थियो। स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो।

 

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *