सभापति देउवाद्वारा लोकतन्त्र दिवसको शुभकामना

डिसी नेपाल
११ वैशाख २०७८ १८:११
28
Shares

काठमाडाैं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनमा सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेलौ भन्ने दिवसको शुभकामना व्यक्त गरे।

तत्कालीन निरंकुश राजतन्त्रका विरुद्धमा भएको विसं २०६२/६३ को आन्दोलन विसं २०६३ वैशाख १३ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *