एमाले विवादः नेता नेपाल समूहले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा

डिसी नेपाल
१२ वैशाख २०७८ १०:५६
228
Shares

काठमाडौं। एमालेमा चर्किरहेको विवादका बीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कारबाही गर्न लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललगायतले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबार सुनुवाई हुँदैछ।

सो रिटमाथिको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगनाको एकल इजलासमा हुन लागेको होर नेता नेपाललागयत नेताहरुले निर्वाचन आयोग र एमाले अध्यक्ष ओललाई विपक्षी बनाएर गत शुक्रबार रिट दायर गरेका थिए।

उनीहरुले रिटमा आफूहरुमाथि गर्न लागिएको कारबाही अवैध रहेको जिकिर गरिएको छ। यस्तै निर्वाचन आयोगले सर्वोच्चको फागुन २३ को फैसला कार्यान्वयनमा सक्रियता नदेखाएको भन्दै विपक्षी बनाइएको छ।

सर्वोच्चमा एमाले विवादबारे सुनुवाई भइरहँदा बालुवाटार अध्यक्ष ओलीले बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठक जारी छ। सो बैठकले कारबाही प्रंक्रियाबारे निर्णय गर्ने चर्चा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *