काठमाडौंमा निषेधाज्ञाकाे तयारी, सार्वजनिक यातायात बन्द गरिने
काठमाडौं। संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ। कोरोना संक्रमण बढ्दै गए पछि संक्रमण नियन्त्रणका लागि सोमबार काठमाठडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकाका तीनवटै जिल्लामा एक हप्तासम्म निषेधाज्ञा लगाउन प्रस्ताव गरेकाे हाे।
उक्त बैठकले काठमाडौं उपत्यकामा आगामी बैशाख १६ गते राति १२ बजेदेखि एक हप्ता सार्वजनिक यातायातका साधन संचालन नगर्ने निर्णय भएकाे ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलाले जानकारी दिए।
उनले भने “काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। यसको नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक यातायात बन्द गर्न लागिएको हो।”
आगामी बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञामा अत्याआवश्यक खाद्य पदार्थ र औषधिपसल बाहेकका सबै सेवा सुविधा बन्द गरिने छ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सक्रिय संक्रमित र जोखिमलाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठूला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा नयाँ संक्रमित फेला परेका थिए।
यस्तै आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक पनि बस्दै छ। उक्त बैठकले आइतवार बसेको सीसीएमसी बैठकले गरेका निर्णयहरुको बारेमा विचार गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment