कोरोनाका कारण ऊर्जामन्त्री रायमाझी सैनिक अस्पताल भर्ना

डिसी नेपाल
१४ वैशाख २०७८ १३:२७

काठमाडौं । कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयका केही सदस्यलाई सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।

गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै उनलाई कोरोना पुष्टि भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *