कोरोनाका कारण ऊर्जामन्त्री रायमाझी सैनिक अस्पताल भर्ना

डिसी नेपाल
१४ वैशाख २०७८ १३:२७
64
Shares

काठमाडौं । कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयका केही सदस्यलाई सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।

गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै उनलाई कोरोना पुष्टि भएको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *