‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले लिए पुन: सपथ

डिसी नेपाल
१५ वैशाख २०७८ १४:५१
104
Shares

सुर्खेत। कर्णाली प्रदेशमा‘फ्लोर क्रस’गरेर मुख्‍यमन्‍त्री महेन्‍द्रबहादुर शाहीलाई विश्‍वासको मत दिएका कर्णालीका तीन मन्त्रीले आज पुन: शपथ लिएका छन् ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले आज दिउँसो १ बजे प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले आज  पुन: शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख पाँच गते शपथ खुवाएका थिए। अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीन जनालाई बैशाख चार गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए ।

यसअघि एमाले सांसदको हैसियतमा शपथ खाएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *