रातदिन चम्किने ठमेल बजार सुनसान (फोटोफिचर)
काठमाडौं । ठमेल भनेपछि हरेकले आ–आफ्नो आखाँमा आफ्ना भोगाइ अनुसारको तस्विर खेलाउन थाल्छन। विषेश गरी काठमाडौं उपत्यकाको व्यापारिक केन्द्र हो ठमेल। राति तथा दिउसोमा एकमदै घुइचो हुने उक्त बजार निषेधाज्ञाको तेश्रो दिन सुनसान देखिन्थ्यो
सटरहरुमा ताला लगाइएको छ। रातभरी म्युजिकले सुसोभित हुने दोहोरी, गजल र डिस्कोहरु सुनसान छन्। पैसा हुनेहरुका लागि मनोरञ्जनको साधन हुने क्लबहरु पनि आजभोली सुनसान नै देखिन्छन्।
काठमाडौं उपत्यकामा कोरोनाको संक्रमणदर उच्च भएपछि बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु गरिएको छ। अर्को आदेश नहुँदासम्म यो बैशाख २२ गते राति १२ बजेसम्म लागु हुने छ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणदर उच्च पुगेको छ। पहिलो लहरमा आएको कोरोनामा भन्दा दोश्रो लहरको कोरोनामा संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।












No ads found for this position


Facebook Comment