लुम्बिनी प्रकरणमा भीम रावलको ट्वीटः पदलोलुपको चर्तिकला

डिसी नेपाल
१९ वैशाख २०७८ १७:५८
844
Shares

काठमाडौं। आइतबार बिहानैदेखि लुम्बिनी प्रदेशको राजनीतिले केन्द्रसम्म तरंग ल्याएको छ। यो तरंग अझै रोकिएको छैन। यहीबीचमा आइतबार साँझ एमाले नेता भीम रावलले एक ट्वीट गर्दै एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमाथि कडा टिप्पणी गरेका छन्।

उनले आइतबारको घटनाक्रमलाई पदलोलुपताको चर्तिकला भनेका छन्। उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रमं केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला।’

अल्पमतमा देखिए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार बिहान राजीनामा दिएका पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका छन्। तर, बहमुतको हस्ताक्षरसहित विपक्षीहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। र उनीहरुले नियुक्ती बदर गर्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.