मलाई भोट दिनुहोस् संसद विघटन हुँदैन : प्रधानमन्त्री ओली

डिसी नेपाल
२७ वैशाख २०७८ १६:४५

काठमाडौं। संसदमा आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका छन्। विश्वासको मतमाथि नेताहरुले राखेको प्रश्नको उत्तर दिनेक्रममा उनले आफूलाई भोट नदिए संसद विघटन हुन सक्ने संकेत गरे। उनले भने, ‘मलाई भोट दिनुहोस, संसद विघटन हुँदैन। भोट नदिने विघटनतिर धकेल्ने। म के गरु?’
उनले आफूलाई भोट दिएर स्थरिता दिन पनि आग्रह गरे। उनले त्यसैका लागि आफूले विश्वासको मत मागेको बताए। उनले आफू स्थिरता विरोधी भएको भए च्याट्टै राजीनामा दिइसक्थें भनेका छन्।

अर्को प्रसंगमा प्रचण्डप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र तरफदारी गरेकोमा खुशी भएको बताए। उनले भने, ‘एकजना मित्रले लोकतन्त्रको तारफदारी गर्दा खुशी छु। उहाँ १०–१५ वर्ष अगाडि लोकतन्त्रकै लागि संघर्ष गर्दै हुनुहुन्थ्यो? हामाीले आउनुहोस लोकतन्त्रमा भनेका थियौं।’

यस्तै केही तयारी नगरी आयोजनाको शिलान्यास गरेको प्रश्नको जवाफ दिँदै उनले सुनकोशी मरिन डाइभर्सनको सम्पूर्ण तयारी भएको बताए। उनले तराईको ठूलो जमिन सिँचाइने हुने आयोजना हुँदा किन चित्त दुखाएको भन्दै प्रश्न गरे। यस्तै उनले धरहरा बनिसकेको दावीसमेत गरे। उनले भने, ‘धरहरा नबनेको भए म कसरी धरहराको टुप्पोमा पुँगे। जसलाई धरहरा बनेको छैन भन्ने लागेको छ, तपाईँहरु भोलि धरहरा चढ्न जानुहोस्।’

धरहराको प्रसंगमा प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पनि आलोचना गरे। उनले भने, ‘एकजना साथीसँग एक होटलमा कुरा गर्दा यहाँबाट धरहरा देखिन्छ भनेर देखाएको थिए। उहाँले त्यसको भोलिपल्ट भाषण गर्नु भयो। केपीले मलाई धरहरा देखाउनु भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *