विश्वासको मत नदिनु पार्टीप्रतिको निष्ठाः माधवकुमार नेपाल (विज्ञप्तिसहित)

डिसी नेपाल
२७ वैशाख २०७८ २०:४४
1.3k
Shares

काठमाडौं। सोमबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदैगर्दा उनकै पार्टी एमालेका २८ जना सांसद पार्टीको ह्वीप उल्लंघन गर्दै अनुपस्थित भए। २०७५ सदस्यीय प्रतिनिधिसभामा १२१ सिट रहेको एमालेले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मा ९३ मत पायो।

नेकपा एमालेमा समानान्तर गतिविधि गरिहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा आफ्नै पार्टी पनि विश्वास देखिएन। किन यस्तो अवस्था आयो त?

वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार अबेर एक विज्ञप्ति जारी गर्दै विश्वासको मत नदिनुको कारणबारे उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री ओलीले पार्टीमा मात्र नभई सरकार पनि स्वेच्छाचारी ढंगबाट सञ्चालन गरेकाले विश्वासको मत दिन नसकेको बताएका छन्।

उनले आफूहरुले विश्वासको मत नदिनुलाई देशप्रतिको निष्ठा र पार्टीप्रतिको निष्ठा भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *