ओली र नेपालबीच वार्ता भइरहेका बेला झाक्रीले भनिन् : प्रभुको ईशारामा यो सबै हुँदैछ, विकल्प विद्रोह
काठमाडौं। एमालेको माधव समूहकी नेतृ रामकुमार झाक्रीले लिखित सम्झौता नभएसम्म अलमलमा पर्न नहुने बताएकी छन्। उनले ट्वीट गर्दै अलमलमा पर्न नहुने बताएकी हुन्।
उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।’
ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ।जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।
— Ram kumari Jhakri (@Jhakri_didi) May 13, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment