उपाध्यक्ष गौतमले दिए बधाई र शुभकामना

डिसी नेपाल
३१ वैशाख २०७८ १२:१०
468
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री नियुक्त भएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन। साथै उनले बिहीबार भएको ओली–नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना समेत दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पार्टी ओली र वरिष्ठ नेता नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन्।
उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन्।

‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ। पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *