नेपालमा फैलिएको कोरोनाको भारतीय भेरियन्टमा एस्ट्राजेनेकाको एक डोज खोपले काम नगर्ने !
काठमाडौं। हाल नेपालमा फैलिएको कोरोना भाइरसको भारतीय भेरियन्टमा अक्सफोर्ड एस्ट्राजेनेकाले उत्पादन गरेको खोपको एक डोज प्रभावकारी नहुने दावी गरिएको छ। बेलायतले जारी गरेको तथ्यांकले सो खोपको एक डोजले काम नगर्ने संकेत देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
हाल भारतीय भेरियन्टको कोरोना भाइरसले नेपाल र भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् भने दैनिक मृत्यु पनि बढिरहेको छ। बेलायत सरकारको नयाँ अध्ययनअनुसार भारतीय भेरियन्टसँग लड्न दुदई डोज खोप लगाउनुपर्ने देखिएको हो।
पब्लिक हेल्थ इंग्याल्याण्डका अनुसार एस्ट्राजेनेकाको दुई डोज खोप लगाएकाहरुमा भारतमा भेटिएको भेरियन्टमा ८१ प्रतिशत काम गरेको छ। उता बेलायतमा फेला परेको भरियन्टमा दुई डोज खोपले ८७ प्रतिशत काम गरेको छ।
यस्तै एक डोज खोप लगाएकाहरुमा भारतीय भेरियन्टमा मात्र ३३ प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्टमा एक डोज खोप लगाएकाहरुमा ५१ प्रतिशत काम गरेको पाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment