सुन चाँदीको मूल्य उकालो यात्रामा, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार उच्च रुपले घटेको सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैयाँले बढेको हो।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कायम छ।
यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment