लहानस्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्प सिल
काठमाडौं । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको थियो । यसपछि सो टोलीले मेसिनलाई बन्द गरी सिल गरेकोे थियो ।
साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।
सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ । रासस







डिसी नेपाल








Facebook Comment