राजदूत खतिवडाद्वारा नेपाली पशुपालन फर्म हाउसको उद्घाटन

डिसी नेपाल
२४ जेठ २०७८ ८:०५
940
Shares

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले शनिबार आयोजित एक बिशेष समारोहका बीच क्यलिफ़ोर्नियामा एक कृषि फर्मको उद्घाटन गरेका छन्।

नेपालीको संयुक्त लगानीमा स्थापित ओहो भेन्चर एलएलसी कम्पनीद्वारा संचालित सो कृषि फर्ममा हाल बाख्रा र गाई पालन गरिनुका साथै मकै खेती पनि सुरु गरिएको छ।

हाल क्यालिफोर्निया भ्रमणमा रहेका राजदूत खतिवडा सो स्थलमा पुग्दा कम्पनीका संचालक तथा नेपाल खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना , संचालक तथा पूर्व प्रहरी अधिकारी सागर थापा तथा पूर्व राष्ट्रिय खेलाडी पदम तामाङले स्वागत गरेका थिए।

सो अवसरमा राजदूत खतिवडाले नेपालीले बिदेशमा संचालन गरेको ब्यबसायको सरहना गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कम्पनी संचालकका तर्फबाट  पूर्व उपाध्यक्ष तिम्सिनाले योजनाका बारेमा जानकारी गराएका थिए।

संचालकहरुका अनुसार सबै निर्माणका प्रक्रिया पूरा भैसकेका कारण तत्काल खसीको मासु बिक्री पनि सुरु गर्न लगिएको छ। नेपालीको महान चाड दशैं नजिकिँदै गएकोले त्यसकालागि बिशेष तयारी समेत गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिइयो।

कार्यक्रममा क्यालिफोर्निया च्याप्टरका महाबाणिज्यदूत ऋषि ढकाल र पर्यटनदूत धना दवाडी पनि उपस्तिथ थिए। सो फर्म क्यालिफोर्नियाको चर्चित शान्ता रोजाको कोटाटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *