एक अर्ब ७८ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

डिसी नेपाल
२५ जेठ २०७८ १०:१९
32
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड बराबरको मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको जनाएको छ। यसका लागि केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई ८ करोड ९० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २६ करोड ७० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको छ।

बैंकले २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो। बैंकले एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.