सुन चाँदीको मूल्य बढ्यो
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन तोलामा तीन सय रुपैयाँ बढेको छ। सोमबार तोलामा ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा पाँच रुपैयाँ बढेर तोलामा एक हजार तीन सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment