समृद्धि फाइनान्सले १३ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्दै
काठमाडौं। समृद्धि फाइनान्सले असार ३ गतेबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गर्ने भएको छ। कम्पनीको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला हुने लागेको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। लिलामी भर्ने मिति असार ३ गतेदेखि सुरु भई असार १० गतेसम्म तोकिएको छ ।
यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ। त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। त्यसैगरी ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment