टानद्वारा पर्यटन क्षेत्रमा आवद्ध सयभन्दा बढीलाई खाद्यान्न वितरण
काठमाडौं । ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)लगायत विभिन्न संघ संस्थाहरुको समन्वयमा पोखरामा अति विपन्न एक सय ३० जनालाई खाद्यान्न वितरण गरिएको छ । टान, पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा, कर्मा फ्लाईट्स फाउन्डेसन नेपाल, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका वडा नं.६ लगायतको सहयोग र समन्वयमा खाद्यान्न वितरण गरिएको हो ।
पोखरा ६ शान्तिपाटनस्थित टानको सचिवालय भवन परिसरमा पर्यटन क्षेत्रका अति बिपन्न मजदुरहरु, गाईड आदिलाई चामल, दाल, चना, केराउ, तेल, नुन, सोयाबिन, साबुन दिइएको थियो ।
नेपालको विभिन्न ठाउँहरुबाट रोजगारीका लागी पोखरामा बालबच्चासहित परिवारका साथमा घरभाडामा बसेका, बिगत १ बर्षदेखि पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरुलाई खाद्यान्न अभाव भएकाले उक्त राहत अभियान गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए ।
राहत कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं.६ का वडाध्यक्ष जगतबहादुर पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भटराई, पोखराका द्वितिय उपाध्यक्ष कृष्णपसाद आचार्य, टान पोखराका पूर्व अध्यक्षहरु टिकाराम सापकोटा, सोमबहादुर थापा, आन्तरिक पर्यटन प्रवद्र्धन समितिका संयोजक अग्नी कडेल, वडा ६ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







डिसी नेपाल








Facebook Comment