नेप्सेले पार गर्यो तीन हजारको विन्दु, १८ अर्ब बढीको कारोबार

डिसी नेपाल
३१ जेठ २०७८ १६:१७
60
Shares

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४२ अंकले बढेको छ। यो सँगै नेप्सेले ३ हजार विन्दु पार गरेको छ। सोमबार नेप्से ४२.७२ अंकले बढेर ३ हजार २५ दशमलव ८३ विन्दुमा कायम भएको छ। यो नप्से इतिहासकै सर्वाधिक उच्च विन्दु हो।

त्यस्तै, यस दिन १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको कारोबार भएको छ। उक्त कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

त्यस्तै नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ङादी गुरुप, सिइडिबी हाइड्रो, ओरेन्टल होटल, तारागाउँ रिजेन्सी, युनियन हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, सोल्टी होटल र हिमालय डिस्टिलरीको मूल्य करिब १० प्रतिशतले बढेको छ।

माउन्टेन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। अरुण भ्यालीको ४ दशमलव ७ तथा युनाइटेड मोदीको मूल्य ४ दशमलव ४ प्रतिशतले घटेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.