कम्युनिष्टलाई नयाँ शिराबाट एकीकृत गर्न माधव नेपाकाे अपिल
फाइल फाेटाे।
काठमाडौं। नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन्।
एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको उल्लेख गरेका छन्।
‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेपालले लेखेका छन्।
उनले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयॅा आधार निर्माण गरिको पनि स्मरण गरे।
यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दु:ख – सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो,’ उनले लेखेका छन्।
;
No ads found for this position


डिसी नेपाल
Facebook Comment