गगन थापाले स्थगित गरे भारत भ्रमण
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन्। महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा आयोजित नेपाली जनसम्पर्क समिति भारतको १०औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनको भ्रमण तय भएको थियो।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार भारतमा भइरहेको आन्दोलनका कारण सभापति थापाले शनिबार हुने भनिएको आफ्नो भ्रमण अन्तिम समयमा आएर रद्द गरेका हुन्।
भारतमा राष्ट्रिय योग्यता परीक्षा (नीट)को प्रश्नपत्र लीक भएको प्रकरणलाई लिएर कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा केही दिनदेखि प्रदर्शन भइरहेको थियो। सोही आन्दोलनले उग्र रूप लिएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा समेत दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment