बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

डिसी नेपाल
१७ असार २०७८ ७:०७
48
Shares

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ। गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए।

परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो। हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो।

गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई सङ्घका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गरेका थिए।

देशमा आपत्विपद् पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली सङ्घप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानले धन्यवाद व्यक्त गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.