गर्भवती महिलाको सेनाले गर्यो उद्धार, स्ट्रेचरमा बोकेर सडकसम्म ल्याइयो
काठमाडौं। रसुवाको विकट गोसाईँकुण्ड गाउँपालिका वडा नम्बर ५ की एक गर्भवती महिलाको नेपाली सेनाले उद्धार गरेको छ। सेनाका अनुसार निकै विकट गाउँमा ती गर्भवती महिलालाई प्रसुती व्यथा लागे पनि नजिक स्वास्थ्य संस्था नहुँदा जोखिममा परेकी थिइन्।
सेनाले सो जानकारी पाएपछि विष्णु दल गणबाट खटिएको सेनाको टोलीले स्ट्रेचरमा बोकेर सडकसम्म ल्याएको थियो। त्यसपछि गाडीबाट धुन्चेस्थित रसुवा अस्पतालमा उनलाई पुर्याइएको सेनाले जनाएको छ।




तस्वीर : नेपाली सेना
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment