चितवनमा बाढीले बगाएर ल्याएको शव भेटियो

डिसी नेपाल
१९ असार २०७८ १२:४६
212
Shares

चिनवन। चितवन रत्ननगर ७ सौराहामा बाढीले बगाएर ल्याएको शव फेला परेको छ। वडाको मालपुरमा रहेको रुपनारायण चौधरीको खेतमा शव भेटिएको स्थानीय पत्रकार होमनाथ सापकोटाले डिसी नेपाललाइ जानकारी दिए।

कालो ज्याकेट, निलो जिन्सको हाफ पाइन्ट लगाएको अन्दाजी ४० देखि ४५ वर्षको पुरुषको शव भेटिएको बछौली प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक दिपेन्द्र धितालले बताए । बिहिबार बुढी राप्तीमा आएको बाढीले सो शव बगाएर ल्याएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *