म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी पैसा निकाल्ने २ जना पक्राउ
काठमाडौं । म्याद सकिएको डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट म्याद सकिएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट म्याद सकिएको डेविड कार्ड र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरुले म्याद सकिएको डेविड कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जनाएको छ ।
यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment