गिरिजा प्रसाद कोइराला फाउण्डेशनको जीपी थट्स एण्ड रिसर्च विभागको निर्देशकमा नेपाल
काठमाडौं। जीपी कोइराला फाउण्डेशनको जीपी थट्स एन्ड रिसर्च विभागको निर्देशकमा पत्रकार, प्राध्यापक तथा लेखक जगत नेपाल मनोनित भएका छन्। फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले उनलाई सोमबार निर्देशकमा मनोनित गरेकी हुन्।
काँग्रेस नेतृसमेत रहेकी कोइरालाले सोमबार निर्देशक मनोनित नेपाललाई स्वागत गरेकी छन्। करिब २ दशकदेखि पत्रकारितामा रहेका नेपाल त्रिविका उपप्राध्यापकसमेत हुन्। नेपालले पूर्वप्रधानमन्त्रीहरु वीपी कोइराला, तथा गिरिजा प्रसाद कोइराला सम्बन्धी पुस्तक प्रकाशन, डकुमेन्ट्री निर्माण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment