भिरबाट लडेर मृत्यु
सांकेतिक तस्वीर
फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका—२ सान्थाक्राकामा आज दिउँसो एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका फेम्जु शेर्पा हुन् ।
घरछेउको भिरबाट करीब २० मिटर तल लडेर झर्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता शैलाशकुमार अधिकारीले जनाकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment