यी दुई राजकुमारको विवादले अन्तर्राष्ट्रिय बजारमा बढ्यो इन्धनको मूल्य

डिसी नेपाल
२४ असार २०७८ १७:५५
10.1k
Shares

काठमाडौं। नेपालमा गत सोमबारमात्र इन्धनको मूल्य बढ्यो। त्यसअघि पनि इन्धनको मूल्य बढेको थियो। नेपालमा लगातार इन्धनको मूल्य बढिरहेको छ। आयल निगमले सोमबार इन्धनको मूल्य बढाउँदा पनि घाटा भइरहेको भन्दै फेरि मूल्य बढाउन सक्ने संकेत गरेको छ।

नेपालमा इन्धन भारतबाट आयत हुन्छ। भारतले धेरैजसो इन्धन खाडी मूलकबाट आयत गर्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपाल पनि मूल्य बढ्ने गर्छ। त्यसैले इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुलाई चासोका साथ हेरिएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ६ वर्षकै उच्च विन्दुमा पुगेको बीबीसीले उल्लेख गरेको छ। बीबीसीको रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्नुको मुख्य कारण खाडी देशका दुई राजकुमारको आपसी टकरावलाई मानिएको छ।

साउदी अरब र सँयुक्त अरब इमिरेट्स (यूएई)बीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको हो। साउदीमा क्राउन प्रिन्स सलमान बिनको नियन्त्रण छ यूएईमा क्राउन प्रिन्स मोहम्मद बिन जायदको। यी दुई राजकुमारबीच निकै राम्रो सम्बन्ध छ। तर, साउदी र यूएईबीच भने अहिले विवाद चरम अवस्थामा पुगेको छ।

तेल उत्पादक देशहरुको संगठन ओपेक प्लसमा साउदी र रुसले राखेको प्रस्तावलाई यूएईले अस्वीकार गरेपछि साउदी र यूएईबीच तनाव उत्पन्न भएको छ। साउदी र रुसले आगामी ८ महिनासम्म तेल उत्पादनको कोटामा गरिएको प्रतिबन्धलाई यथावत राख्ने प्रस्ताव गरेका थिए। तर, यूएईले त्यसलाई अस्वीकार गर्यो।

ओपेक प्लसको कोटा अनुसार यूएईले आफ्नो क्षमताभन्दा कम तेल उत्पादन गर्न पाउँछ। जसले गर्दा उसले साउदी र रुसको प्रस्ताव अस्वीकार गर्यो। ठूलो तेल उत्पादक खाडी मुलुक यूएईले साउदी र रुसको प्रस्ताव अस्वीकार गरेपछि ओपेक प्लसको अर्को बैठकको भविश्यमै आशंका उत्पन्न भएको छ। जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकाशिएको हो।

परम्परागत रुपमा साउदी र यूएईबीच निकै बलियो र गहिरो सम्बन्ध छ। छ। तर, ओपेक प्लसको बैठकमा साउदी र यूएईका ऊर्जामन्त्रीहरु एकआपसमा खुलेर विरोधमा उत्रेको बीबीसीले जनाएको छ। जुन घटनालाई आश्चार्यजनक भनिएको छ। किनभने साउदी र यूएई परम्परागत मित्र देश हुन्। यी दुई देशको आपसी सम्बन्ध खाडीको भू राजनीतिलाईसमेत प्रभाव पार्ने गर्छ।

तर, पछिल्ला वर्षहरुमा साउदी र यूएईबीच आपसी सम्बन्धमा टकराव आउन थालेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताएका छन्। खासगरी यमन युद्धबाट यूएईले आफ्नो सेना फिर्ता गरेपछि साउदी असन्तुष्ट बनेको छ।

उता यूएईले इजरेलसँग कूटनीतिक सम्बन्ध स्थापनालाई पनि साउदीले राम्रो नमानेको बताइन्छ। साउदीले बहुराष्ट्रिय कम्पनीहरुलाई आ आफ्ना मुख्यालय साउदीमा स्थानान्तरण गर्न भनेपछि यूएई पनि असन्तुष्ट बनेको छ। खाडीको व्यापारिक केन्द्रका रुपमा परिचित दुबईले साउदीको यो घोषणालाई आफूमाथिको आक्रमण जस्तै मानेको छ। उता साउदीले कोरोना भाइसरको बाहानामा यूएईसँगको हवाई उडानलाई प्रतिबन्ध लगाएपछि यी दुई मुलुकबीच तथ तनाव बढेको छ।

तर, साउदी शाही परिवार निकटले बीबीसीसँग यूएई ओपेक प्लस बैठकमा कडा रुपमा प्रस्तुत भए पनि आपसी सम्बन्धमा भने कुनै समस्या नहुने बताएका छन्। उनले यसअघि पनि दुई मुलुकबीच सम्बन्धमा उतारचढाव आएको भन्दै अहिलको समस्या पनि समाधान हुने बताएका छन्। (एजेन्सीहरुको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.